Customer Service: ☎️ 01-5970971 /  9801170971 | (Sun-Sat | 7:00 AM - 6:00 PM) Email: customer.service@nepallife.com.np
Customer Care: 01-5970971

News & Updates

जोखिम लिने व्यवसायमा जोखिम मूल्याङ्कनको जिम्मेवारी सम्हाल्छिन् सुलक्षणा

13 June 2023

आफ्नो नाम जस्तै कोमल, मृदुभाषी सुलक्षणा दैनिक रुपमा जीवन बीमाको जोखिम लिने वा नलिने निणर्य गर्छिन् । दैनिकरुपमा मुलुकभरका शाखा उपशाखा कार्यालयबाट जारी हुने जीवन बीमाको जोखिमाङ्कन (अण्डरराईटिङ्ग) गर्ने प्रमूख भूमिकामा छिन् यिनि ।

जोखिमाङ्कन जीवन बीमा व्यवसायको एक महत्वपूर्ण कार्य हो । बीमा मार्फत आवन्छित लाभ प्राप्त गर्नबाट बचाउन र बीमालाई जुवाबाट भिन्न राख्न जोखिमाङ्कनले महत्वपूणर् भूमिका खेलेको हुन्छ । यसैले जीवन बीमाको मूलभूत सिद्धान्तको कार्यान्वयन असल अण्डरराईटिंग Practice बाट मात्र सम्भव हुन्छ । जुन कार्यमा सुलक्षणा निपुण छिन् ।
नेपाल लाइफ सुरु गर्दाको बखतनै तराईदेखि पोखरासम्मको परिवेशलाई नजिकबाट नियाल्न पाएकी सुलक्षणाले नेपाल लाइफको रजिष्टर्ड कार्यालय, वीरगंजबाट आफ्नो करियर सुरु गरेकी हुन् । उनको पहिलो पोष्टिङ वीरगंजमा भयो । अन्तरवार्ताकोे क्रममै उनको स्पष्टता र कामप्रतिको इमान्दारिता संस्थाले बुझिसकेको थियो । त्यहि हुनाले उनलाई त्यो जागिर मिलेको हो । 
वीरगंजमा काम गर्दा भाषा नबुझेर थोरै अप्ठ्यारो परिस्थिति पनि उनले सामना गर्नुपर्यो । तर, पनि उनले हरेस खाइनन् अझ दृढता र महेनतका साथ आफ्नो जागिरे यात्रालाई अघि बढाइन् । कार्यालयले वीरगंज पठाउँदा तिमी त्यहाँ बस्ने कुरा तिम्रो पर्फमेन्समा भर पर्छ भनेर पठाएको थियो । जति वर्ष वा महिना पनि हुन सक्छ भनेर वीरगंज पठाइएकी उनले आफ्नो  जिम्मा आएको काम २ महिनामै चमत्कारिक हिसावले पुरा गरेर देखाइन् र उनलाई काठमाडौं डाकियो ।
वीरगंजबाट फर्केपछि उनले केहि वर्ष प्रधान कार्यालयको प्रशासनिक कार्यमा र केही वर्ष काठमाडौं शाखा कार्यालयमा काम गरिन् र त्यसपछि उनलाई पोखरामा सरुवा गरियो । त्यहि बसेर काम गर्दा गर्दै उनको डेलिभरीको समय आईसकेको थियो । सायद त्यो देखेर होला उनलाई काठमाडौं सरुवा गरियो । त्यति बेला पनि उनलाई ठूलो सहयोग मिलेको महसुुस भयो किनकी उनका आफन्त सबै काठमाडौं थिए । त्यस्तो बेलामा आफन्तसँग बस्ने चाँजोपाँजो पनि मलाई अफिसले मिलाइ दियो । यसका लागि आफू आभारी भएको उनले बताइन् । 
काठमाडौं आएपछि उनले लाइसेन्स विभागमा बसेर काम गरिन् । त्यति बेला नियामक निकायसँग दैनिकजसो सम्पर्कमा रहुन पथ्र्यो । तत्पश्चात प्रधान कार्यालयको मानव संशाधन विभागमा कार्य गर्ने अवसर मिल्यो । 
यस बीमा क्षेत्रमा काम गर्दा गर्दै उनलाई कोर बीमा क्षेत्रमा भिजेर काम गर्न पाए हुन्थ्यो भन्ने लागिसकेको थियो । उनको त्यो इच्छा बुझे जसरी नै कोर बीमा क्षेत्रको अन्डरराइटिङ विभागका सरुवा गरियो दोस्रो वरियताका रुपमा ।
उनले त्यसलाई चुनौती र अवसर दुबैको रुपमा ग्रहण गरिन् । बीमा क्षेत्रमा यति लामो समय गरेको कामको अनुभवलाई अण्डरराईटिङ्ग (जोखिमाङ्कन) कामबाट सन्तुष्ट रही आफूलाई प्रमाणित गर्ने अवसर मिल्न पुग्यो उनलाई ।
उनलाई अन्डरराइटिङकोे दोस्रो वरियताको रुपमा सरुवा गर्दा अघिल्लो साथीबाट कामका विषयमा ‘ह्याण्ड ओभर’ गरेर उनले ‘टेक ओभर’ गरेकी होइनन् । तत्काल जिम्मेवारी सम्हाल्नु पर्ने परिस्थिति सृजना भयो । असार महिनामा तीब्र व्यवसायको अवस्थामा एक्कासी आएको जिम्मेवारी लाई सहजताका साथ पार गर्न सफल भईन ।
त्यो सँगै च्यालेन्ज जसरी पनि फेस गर्नु पर्छ भन्ने उनले सिकिन् । चुनौती फेस गर्न सकेमात्र सफलताको सिंढी उक्लन सहज हुन्छ भन्ने कुरा उनले राम्ररी बुझेकी थिइन् । अहिले उनले यो विभागमा काम गरेको ५ वर्ष भएपनि विभागीय प्रमुख भएर काम गरेको भने साढे १ वर्ष भयो । अहिले उनी ३ जनाले गरेको कामको भेरिफिकेशन गर्छिन् आवश्यकता अनुसार सल्लाह, सुझाव र मार्गदर्शन गर्छिन् । परिवारमैत्री वातावरणमा काम गर्दै आएकी उनको डिपार्ट सबै महिलाले नै धानेको छ । जीवन बीमाको महत्वपूणर् विभागमा विभागीय प्रमुख सहित सम्पुणर् सहकर्मीहरु महिला रहेकोमा आफूलाई गर्व लागेको बताउँछिन् । 
उनी बीमा व्यवसायको भित्रसम्म पुगेर काम गर्न चाहन्थिन् । यो अवधिसम्म जुन जुन डिपार्टमा बसेर काम गरिन् यी सबैबाट उनले उत्तिकै ज्ञान र  सन्तुष्टि हासिल गरिन् ।
काठमाडौं स्वयम्भूको आनन्द कुटी विद्यापीठबाट प्रवेशिका परीक्षा उत्र्तीण गरेकी उनले तहाचल होलीभिजनबाट प्लस टू गरेकी हुन् । काठमाडौंमा जन्मेकी अधिकारीको स्कूले शिक्षा बाबु कार्यरत सोही विद्यापीठको क्वाटरमा बसेर सम्पन्न गरिन् । बी.बी.एस. डिल्लीबजार कन्या क्याम्पसबाट र माष्टर शंकरदेव कलेजबाट गरेकी हुन् । 

शंकरदेवमा पढ्दै गर्दा पार्ट टाइम कामको रुपमा Nepal One टेलिभिजनमा कार्यक्रम संचालिकाको रुपमा काम गरेकी थिइन् । त्यसअघि उनले Neptel Yellow Page नामक कम्पनीमा दुई वर्ष काम गरिन् र त्यसपछि नेपाल लाइफको यात्रा सुरु भएको हो । उनी यहिबाट आफ्नो जीवनलाई सार्थक बनाउन चाहन्छिन् र त नि उनी कार्यालयको काम र परिवारको जिम्मेवारीलाई सन्तुलनमा राख्न सफल भएकीछिन् । महिला भएको नाताले घरमा पनि उनको जिम्मेवारी कम छैन । घरमा एक असल आमा तथा श्रीमती र कार्यालयमा विभागीय प्रमुखको भुमिका मा उत्तिकै जम्नको लागि उनले समयको व्यवस्थापन गरेकी छिन् ।
१७ वर्षअघि नेपाल लाइफ प्रवेश गरेकी सुलक्षणाको कार्यालयमै मन मिल्ने जीवन साथी भेट भयो । काठमाडौंमा जन्मे हुर्केकी उनको लगन गाँठो उनको मन मिल्नेसँग गासियो । जागिरमा प्रवेश गरेपछि दुबैले एक अर्कालाई मन पराए र विवाह बन्धनमा बाँधिए । उनीहरूको १३ वर्षको एउटा छोरा छ ।

जोखिम लिने व्यवसायमा जोखिम मूल्याङ्कनको जिम्मेवारी सम्हाल्छिन् सुलक्षणा

Recent News

2 April 2026
विषयः सञ्चार माध्यममा प्रकाशित समाचारको खण्डन सम्बन्धमा

विषयः सञ्चार माध्यममा प्रकाशित समाचारको खण्डन सम्बन्धमा

22 March 2026
नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८३ सालको क्यालेन्डर स...

3 February 2026
नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट क्लब नेपालद्...