Customer Care: 01-5970971
Get Quote Download Brochure

जीवन सारथी बीमा योजना

जीवन सारथी बीमा योजना जीवन बीमा व्यवसायको क्षेत्रमा एउटा नौलो खालको जीवन बीमा याजेना हो । श्रीमान, श्रीमती (दम्पत्ति) दुवैको संयुक्त नाममा एउटै बीमा पोलिसी भित्र दुवैको जीवन बीमा हुन सक्नु नै यस योजनाको सुन्दर पक्ष हो । यसबाट पारिवारिक वातावरणमा एउटा सुमधुर सम्बन्ध स्थापित भइरहनेछ । शिक्षित भई आय आर्जनमा लागेका विवाहित दाम्पत्य जीवनलाई ध्यानमा राखी यस जीवन सारथी बीमा योजना तर्जुमा गरिएको छ ।

जीवन सारथी बीमा योजनामा विशेषताहरू

न्यूनतम बीमाङ्क रकम             : रू. ५,०००÷—

अधिकतम बीमाङ्क रकम         : आयश्रोतको आधारमा

न्यूनतम प्रवेश उमेर                : १८ वर्ष

अधिकतम प्रवेश उमेर            : ५० वर्ष

न्यूनतम बीमा अवधि               : १५ वर्ष

अधिकतम बीमा अवधि           : ३० वर्ष

अधिकतम बीमा समाप्ति उमेर : ६५ वर्ष

बीमा शुल्क भुक्तानी तरिकामा छुट तथा थप :

वार्षिक बीमाशुल्क भुक्तानीमा   : छुट छैन

अर्ध वार्षिकमा                        : ३ प्रतिशत थप

त्रैमासिकमा                           : ४ प्रतिशत थप

बीमाङ्कको आधारमा बीमाशुल्क दरमा छुट :

बीमाङ्क रकममा छुट

रु. १,५०,००० सम्म छुट छैन

रू. १,५१,००० देखि रू. ३,००,००० सम्म रू. १ प्रति हजार

रू. ३,०१,००० देखि रू. ५,००,००० सम्म रू. १.५ प्रति हजार

रू. ५,०१,००० देखि माथि रू. २ प्रति हजार

दुर्घटना लाभ सुविधाः रू. १ करोड सम्म थप रू. १ प्रति हजार प्रति व्यक्ति

उमेर गणना गर्ने तरिका

यदि श्रीमानकाे उमेर ३० वर्ष छ र श्रीमतीको उमेर २४ वर्ष मात्र छ भने दुवैको उमेरमा ६ वर्षको फरक भयो । माथि तालिकामा देखाइए अनुसार ६ वर्ष फरक हुनेमा कम उमेर भएकोमा ३ वर्ष थप गरी दम्पत्तिको संयुक्त उमेर गणना गर्दा २७वर्ष कायमगरी सोही अनुसार लाग्ने प्रिमियम हिसाब गरिन्छ । यदि दुवैको उमेर बराबर छ भने कुनै थप गर्नु परेन । श्रीमानकाे उमेर ४० वर्ष छ र श्रीमतीको उमेर ३० वर्ष छ भने दुबै बीचको उमेरमा १० वर्षको फरक छ । यस्तोमा माथि तालिकामा देखाइए अनुसार श्रीमतीको उमेरमा ६ वर्ष थप गरी संयुक्त उमेर ३६ वर्ष कायम गरी हिसाब गरिन्छ ।

जीवन सारथी बीमा योजनामा बीमाङ्क रकम भुक्तानी दिने अवस्थाहरू

१)    बीमाको समाप्ति मिति सम्म श्रीमान् श्रीमती दुवै जिवित रहेमा बीमा गरेको रकम (बीमाङ्क) र त्यसमा पाइने बोनस समेत हिसाब गरि एकमुष्ट रकम दिइने छ ।

२)    बीमा अवधि समाप्त हुन भन्दा अगाडी कुनै पनि बेला श्रीमान् वा श्रीमती दुई मध्येकुनै एकको मृत्यु हुन गएमा जीवित व्यक्तिलाई बीमाङ्क रकम भुक्तानी गरिन्छ । तर यस पछि पनि पोलिसी चालु अवस्थामा नै रहन्छ र यसमा जीवित बीमितले बीमा शुल्क तिरिरहनु पर्दैन । बीमा अवधिको समाप्तिमा निजलाई पुन बीमाङ्क रकम र शुरु देखिको बोनस रकम एकमुष्ट दिइन्छ । यसरी दुई पटक बीमाङ्क रकम दिने अवस्था यस बीमा योजनामा गरिएको छ ।

३)    बीमा अवधि भित्र दुवै बीमितको मृत्यु हुन गएको अवस्थामा प्राप्त हुने बीमाङ्क रकम र बोनस रकम निजहरूको इच्छाएको व्यक्तिलाई दिइन्छ । यदि कसैलाई पनि इच्छाएको छैन भने बीमा ऐन २०४९ को दफा ३८ मा उल्लेख गरे अनुसार नजिकको हकदारलाई उक्त रकम दिइने छ ।

४)    यदि दुबै दम्पत्तीले दुर्घटना लाभ सुविधा लिएको छ र दुर्घटनाकै कारणले एकै बीमा वर्ष (Policy Year) भित्र दुबैको दुर्घटना घटेको १८० दिन भित्र मृत्यु भएमा दुर्घटना वापतको बीमाङ्क रकमको दोब्बर रकम भुक्तानी गरिने छ । एक पटक दुर्घटना लाभ सुविधा लिए पश्चात यदि अर्को वर्षमा जीवित दम्पत्तीको कुनै कारणले दुर्घटना भएमा पुनः दुर्घटना लाभ सुविधा उपलब्ध हुने छैन ।

ऋण तथा समर्पण सुविधा

१) बीमालेख प्रारम्भ मिति (Date of Commencement) बाट दुई वर्ष पूरा भएपछि मात्र समर्पण मूल्य प्राप्त गर्न सकिन्छ ।

२) समर्पण मूल्य प्राप्त भएको बीमा लेखमा समर्पण मूल्यको अधिकतम ९०% सम्म कर्जा प्राप्त गर्न सकिने छ ।

३) जीवन सारथी जीवन बीमासँग लिन सकिने ऐच्छिक सुविधा र त्यसको दरः

                ADB:- Accidental Death Benefit रु. १/– प्रति हजार प्रति व्यक्ति ।

Frequently Asked Questions (FAQ)

Jeevan Sarathi Beema Yojana is a joint-life participating endowment plan designed to cover both husband and wife under a single policy with bonus benefits.
This policy can be taken by individuals aged between 18 to 50 years, with a maximum maturity age of 65 years.
If one life assured dies during the policy term, the sum assured is paid to the surviving partner, future premiums are waived, and full benefits are paid at maturity.
At maturity, if both or either life assured survives, the full sum assured along with accumulated bonuses is paid.
Yes, policyholders can avail a loan of up to 90% of the surrender value after the policy acquires surrender value.

More Products from सावधिक

आफ्नो प्रिय सन्ततिहरूको सुनिश्चि ...