Customer Care: 01-5970971
Get Quote Download Brochure

नेपाल लाइफ जीवन उदय एकल जीवन बीमा योजना

प्रत्येक मानिसका इच्छा चाहनाहरु फरक फरक हुन्छन् । कोहि व्यक्तिलाई आफ्नो आय आर्जनको थोरै थोरै रकम लगानि गरी भविष्यको लागि वचत गर्ने चाहना हुन्छ भने कोहि  पटक पटक बीमाशुल्क भुक्तानी गर्ने झन्झटबाट मुक्त हुन चाहन्छन् । यसरी पटक पटक बीमाशुल्क भुक्तानि गर्न झन्झट मानि  एकैपटक सम्पूर्ण बीमाशुल्क भुक्तानी गरि आफ्नो जीवनमा आउनसक्ने जोखिमलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न चाहने समूहलाई मध्यनजर गरि कम्पनीले “नेपाल लाइफ जीवन उदय एकल जीवन बीमा योजना” नामक सावधिक विशेषता भएको बीमा बजारमा ल्याईएको छ ।
 
बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्कको दुई गुणा रकमको साथै आर्जित बोनश भुक्तानी दिनु यो योजनाको मुख्य विशेषता हो ।


विशेषताहरुः

१) बीमा योजनाको नाम  ः “नेपाल लाइफ जीवन उदय एकल जीवन बीमा योजना”
२) बीमा योजनाको प्रकार   ः  एकल सावधिक जीवन बीमा  (मुनाफामा सरिक हुने)
                                       [ Single Premium Endowment  Plan With Profit ]
३)  प्रवेश उमेर  ः १८ वर्ष देखि ५५ वर्ष सम्म
४) ऐच्छिक सुविधा प्रवेश उमेर ः १८ वर्ष देखि 
६) बीमाअवधि ः न्यूनतम १० वर्ष देखि अधिकतम ३० वर्ष सम्म
७) बीमा समाप्तिमा अधिकतम उमेर  ः ७० वर्ष
८) बीमा शुल्क भुक्तानि तरिका  ः  एकमुष्ठ भुक्तानि तरिका
९) न्यूनतम बीमाङ्क रकम  ः रू ५०,०००/- (पचास हजार)
१०) अधिकतम बीमाङ्क रकम ः आयश्रोतको आधारमा गर्न सकिने


बीमाङ्क रकम भुक्तानि पाउने अवस्था :  

पूर्ण अवधि भुक्तानि (Maturity Benefit ) :

  • बीमालेख चालु रही बीमा अवधि मिति सम्म बीमित जीवित रहेमा बीमाङ्क रकम र आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुष्ट भुक्तानी दिइने छ ।

मृत्यु दावि भुक्तानि (Death  Benefit) :

  • बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्कको दुई गुणा रकम + आर्जित बोनश एकमुष्ट भुक्तानी दिइने छ ।

  • यदि दुर्घटना मृत्यु लाभ सुविधा (ADB) लिएको अवस्थामा चालु बीमालेख अन्तर्गत बीमा अवधि भुक्तानी भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्कको दुई गुणा रकम + आर्जित बोनश + दुर्घटना मृत्यु लाभ (ADB) वापतको बीमाङ्क रकम एकमुष्ट भुक्तानी दिइनेछ ।

 

ऋण तथा समर्पण सुविधा

  • बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात सम्पूर्ण मूल्य प्राप्त गर्न सकिनेछ ।
  • समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।


दुर्घटना मृत्यु लाभ सुविधा (ADB):
(ऐच्छिक )
१८ वर्ष देखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००/-(एक करोड) सम्मको दुर्घटना मृत्यु लाभ (ADB) सुविधा लिन सकिनेछ ।


बीमाशुल्क छुट तथा पुणर्अशक्तता लाभ सुबिधा (PTD/PWB):
(ऐच्छिक )

१८ वर्ष देखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००/-(एक करोड)सम्मको बीमाशुल्क छुट तथा पूर्ण अशक्तता लाभ सुविधा लिन सक्ने छ ।

घातक रोग सुविधा (Critical Illness Rider) :
(ऐच्छिक )

  • १८ वर्ष देखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू ५०,००,०००/-(पचास लाख) सम्मको घातक रोग सुविधा लिन सकिने छ ।

 

 

Video

Frequently Asked Questions (FAQ)

This is a single premium, participating endowment plan, meaning you pay the premium once and receive life cover along with bonus benefits over time.
This policy provides death benefits along with bonus and maturity benefits if the insured survives the policy term.
Individuals between 18 to 55 years of age can purchase this plan, depending on the policy term and conditions.
The premium is paid only once at the beginning of the policy, making it a one-time investment plan.
Yes, this plan offers bonus benefits which are added over time and paid along with the final benefit.

More Products from सावधिक

आफ्नो प्रिय सन्ततिहरूको सुनिश्चि ...
जीवन सारथी बीमा योजना जीवन बीमा व् ...