Customer Care: 01-5970971
Get Quote Download Brochure

नौलो सुरक्षित जीवन बीमा योजना

यस कम्पनीको सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् कम्पनीले समस्त बीमितहरु माझ नेपाल लाइफ नौलो सुरक्षित जीवन बीमा योजना सावधिक जीवन बीमा ल्याईएको हो ।
यस बीमामा १८ देखि ७० वर्ष सम्मको कुनै पनि  स्वस्थ व्यक्तिले प्रवेश गर्न पाउनेछन् भने अधिकतम बीमाङ्क आफ्नो आय आर्जनको आधारमा छनोट गर्न सक्नेछन् ।
मुख्य विशेषताहरुः
    क) बीमालेख चालु रही बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा “बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम + आर्जित बोनश, बीमा अवधि समाप्तिमा        एकमुष्ट दिइने छ ।”
    ख) बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा “बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट दिइने छ ।”
    ग) दुर्घटना मृत्यु लाभ सुविधा (ADB)  लिएको अवस्थामा चालु बीमालेख अन्तर्गत बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा “बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम + ADB सुविधा वापतको बीमाङ्क रकम + आर्जित बोनश रकम एकमुष्ट भुक्तानी दिइनेछ ।”
    घ) दुर्घटना मृत्यु लाभ तथा अपाङ्ग अशक्त (ADB/PTD/PWB) सुविधा लिएका बीमालेख चालु रही बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा “बाँकी बीमाशुल्क भुक्तानीमा छुट दिइनुका साथै अपाङ्ग अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी गरिनेछ ।”

 

यस बीमा योजना अन्तर्गतका केहि सुविधाहरुः

  •     यस बीमा योजना अन्तर्गत वार्षिक रुपमा बीमाशुल्क भुक्तान गर्दा १% सम्म छुट पाउन सकिन्छ ।
  •     यस बीमा योजनामा ३ वर्षको बीमाशुल्क भुक्तान गर्नुको साथै ३ वर्ष पुरा भइसकेपछि समर्पण मूल्य प्राप्त गर्नुको साथै बीमालेखलाई धितो राखि समर्पण मूल्यको ९०% सम्म ऋण लिन सकिन्छ ।

यस ब्रोसरमा उल्लेखित जानकारीहरु सम्भाब्य सर्वसाधारण ग्राहकहरुलाई नेपाल लाइफ नौलो सुरक्षित जीवन बीमा योजनाको बारेमा बुझाउने र सिकाउने उदेश्यले राखिएको हो ।
यस बीमा योजना अन्तर्गत बीमालेखको अपवाद तथा नेपाल लाइफको विभिन्न नियम र सर्तहरू लागु हुनेछन् ।

Video

Frequently Asked Questions (FAQ)

It is a participating endowment life insurance plan that provides life protection along with savings and bonus benefits.
Anyone between the ages of 18 to 70 years can apply for this policy.
The plan offers flexible policy terms ranging from 5 years to 55 years.
✓ On maturity: Sum Assured + accrued bonus ✓ On death: Family receives Sum Assured + bonus as financial support
The minimum sum assured starts from NPR 25,000, while the maximum depends on income level.

More Products from सावधिक

आफ्नो प्रिय सन्ततिहरूको सुनिश्चि ...
जीवन सारथी बीमा योजना जीवन बीमा व् ...