Customer Care: 01-5970971
Get Quote Download Brochure

नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना

सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा  (मुनाफामा सरिक हुने)

 

यो योजनाले न्यून बीमाशुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्दछ।  यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधि भर बचत गर्न प्रोत्साहन गर्दछ। यस योजनाले तपाईको अवकाश पछिको आर्थिक आवश्यकतालाई समेत समेट्दछ।  यो योजना अन्तर्गत बीमितले एउटै बीमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सक्दछ। यस योजनामा दुईवटा विकल्पहरु समावेश गरिएका छन् जसमध्ये आफ्नो इच्छा र आवश्यकता अनुरुप बीमितले कुनै एउटा मात्र विकल्पको छनोट गर्न सक्दछ।  

 

विशेषताहरुः
परिपक्वता सुविधा 

  • विकल्प १ 

बीमा अवधि समाप्तिमा बीमाङ्क रकम + आर्जित बोनस, एकमुष्ट दिईने छ । 

  • विकल्प २ 

बीमा भुक्तानी अवधि समाप्तिमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम दिइने छ र भुक्तानी अवधि समाप्ति पछि प्रत्येक वर्ष (वार्षिक उत्सव मितिमा ) बीमाङ्कको ५% रकम बीमितको उमेर ७९ वर्ष नपुगन्जेल सम्म बीमितलाई प्रदान गरिनेछ ।  साथै बीमित ८० वर्ष पूरा भएपछि बीमा सुल्क भुक्तानी अवथि सम्म आर्जित बोनस बीमितलाई प्रदान गरिन्छ ।   

 

मृत्यु भएमा 

  • विकल्प १ 

बीमालेख चालु रही बीमा भुक्तानी अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम + आर्जित बोनस एकमुष्ठ दिईने छ। 

  • विकल्प २

बीमालेख चालु रही बीमा भुक्तानी अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम + आर्जित बोनस एकमुष्ठ दिईने छ र बीमाशुल्क भुक्तानी अवधि समाप्ति पछि बीमित ८० वर्ष नपुगन्जेल सम्म बीमितको मृत्यु भएमा बीमाङ्कको ५०% रकम + बीमाशुल्क भुक्तानी अवधि सम्म आर्जित बोनस रकम एकमुष्ठ भुक्तानी दिईनेछ।  

 

योग्यता 

  • न्यूनतम बीमाङ्क रकम : रू २५,००० /- (पच्चीस हजार )
  • अधिकतम बीमाङ्क रकम: आयश्रोतको आधारमा गर्न सकिने 
  • प्रवेश उमेर: १८ वर्ष देखि ६५ वर्ष 
  • बीमा अवधि (विकल्प) १ र २ : न्यूनतम ५ वर्ष देखि अधिकतम ३५ वर्ष सम्म 
  • जोखिम बहन अवधि (विकल्प २):  न्यूनतम ५ वर्ष देखि अधिकतम ६२ वर्ष सम्म)

बीमाशुल्क भुक्तानी अवधि समाप्तिमा अधिकतम उमेर ७० वर्ष (दुबै विकल्पको लागि) 

  • बीमा अवधि समाप्तिमा अधिकतम उमेर : ७० वर्ष (विकल्प १)
  • बीमा समाप्तिमा अधिकतम उमेर : ८० वर्ष (विकल्प २)
  • बीमाशुल्क भुक्तानी तरिका: वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक 

Salary Saving Scheme, एकल (विकल्प १ का लागि मात्र)

 

ऋण तथा समर्पण सुविधा
विकल्प १ , विकल्प १ (एकल) र विकल्प २ सबैमा 
१)  वार्षिक ३  किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ ।
२)  वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य को ९०% ऋण  प्राप्त गर्न सकिनेछ ।

 

ऐच्छिक सुविधाहरु 
दुर्घटना मृत्यु लाभ सुविधा (ADB), दुर्घटना मृत्यु लाभ सुविधा / बीमाशुल्क छुट तथा पुर्णअशक्तता सुविधा (ADB/PTD/PWB), घातक रोग सुविधा (Critical Illness Rider)

Video

Frequently Asked Questions (FAQ)

It is a participating endowment life insurance plan that offers both life protection and long-term savings with bonus benefits.
The minimum sum assured starts from NPR 25,000, and the maximum depends on your income level.
Individuals aged 18 to 65 years can apply for this policy.
You can choose a policy term ranging from 5 to 35 years, depending on your financial goals.
- On maturity: You receive sum assured + bonus - On death: Your family receives financial protection with bonus benefits

More Products from सावधिक

आफ्नो प्रिय सन्ततिहरूको सुनिश्चि ...
जीवन सारथी बीमा योजना जीवन बीमा व् ...