Customer Service: ☎️ 01-5970971 /  9801170971 | (Sun-Sat | 7:00 AM - 6:00 PM) Email: customer.service@nepallife.com.np
Customer Care: 01-5970971

News & Updates

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा २३७.२९% को उछाल

5 February 2023

नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आ.वको दोस्रो त्रैमासमा उल्लेखनिय प्रगति गरेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा २३७.२९ प्रतिशतको उछाल आएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ४ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४४ करोड १ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । यस अवधिसम्ममा १८ अर्ब ६२ करोड ७४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने ८ अर्ब ४४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १६ प्रतिशतले बढेको छ । पुस मसान्तसम्म कम्पनीको लगानी २०.४६ प्रतिशत बढेर १ खर्ब ५६ करोड ४५ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।  


यस अवधिमा कम्पनीको चुक्ता पूँजी १४ प्रतिशत बढेर ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ, जीवन बीमा कोष २१ प्रतिशत बढेर १ खर्ब ५० अर्ब ८५ करोड ६४ लाख ८२ हजार रुपैयाँ र महाविपत्ती कोष १६ प्रतिशत बढेर ८३ करोड ३६ लाख ४९ हजार रुपैयाँ पुगेको छ । त्यसै गरी समिक्षा अवधिमा २१ औँ तथा २२ औँ वार्षिक साधारणसभा सम्पन्न गरी लाभांश वितरण गरि सकिएकोले जगेडा कोष ४८ करोड ४ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।  समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १०.७३ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.०१ रुपैयाँ र मूल्य अनुपात आम्दानी ६८.४४ गुणा रहेको छ ।


समग्रमा देशमा उत्पन्न भएको आर्थिक संकटले बीमा क्षेत्रमा परेको प्रभावको बीच पनि  नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल हुनुलाई कम्पनीको सबल पक्षको  रुपमा लिन सकिन्छ । आगामी दिनमा कम्पनीलाई थप प्रभाबकारी रुपमा संचालन गर्न बिभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरु अबलम्बन गर्दै नेपालीहरुकको घर दैलोमा गुणस्तरीय बीमा सेवा प्रबाह गर्न कम्पनी तत्पर रहेको र त्यसलाई मुर्तरुप प्रदान गर्न कम्पनी अहोरात्र लागिरहेको कुरा नेपाल लाइफ इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनु भएको छ  ।

नेपाल लाइफ इन्स्योरेन्सको  नाफामा २३७.२९% को उछाल

Recent News

20 April 2026
विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३

नेपाल लाइफको विशेष पुनर्जागरण अफर - व्यतित बीमालेख नवीकरणमा १००% सम्म बिलम्ब शुल्क छुट।

2 April 2026
विषयः सञ्चार माध्यममा प्रकाशित समाचारको खण्डन सम्बन्धमा

विषयः सञ्चार माध्यममा प्रकाशित समाचारको खण्डन सम्बन्धमा

22 March 2026
नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८३ सालको क्यालेन्डर स...