Customer Service: ☎️ 01-5970971 /  9801170971 | (Sun-Sat | 7:00 AM - 6:00 PM) Email: customer.service@nepallife.com.np
Customer Care: 01-5970971

News & Updates

नेपाल लाइफद्वारा मौलिक विषयवस्तुले भरिएको भिडियो सार्वजनिक

31 October 2024


नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सद्वारा यस वर्षको तिहारमा मौलिक विषयवस्तु समेटेर अत्यन्तै मर्मस्पर्शी एवम् सन्देशमुलक भिडियो सामाग्री सार्वजनिक गरेको छ। प्रविधिको विकाससँगै डिजिटल दुनियाँमा हराउँदै गएका नयाँ पुस्तामा हाम्रो चाडवाडको रौनकता र परम्परागत मान्यताको बारेमा थोरै भएपनि ज्ञान होस् र हाम्रो मौलिकता युगौंयुगसम्म पनि जिवन्त रहोस् भन्ने उद्देश्यका साथ यो भिडियो बनाइएको हो। तिहारले पारिवारिक खुसी अनि दाजुभाइ र दिदीबहिनी बिचको सम्बन्धलाई कसरी प्रगाढ बनाउँछ भन्ने कुरालाई पात्रहरूद्वारा गरिएको जिवन्त अभिनयले उजागर गरिदिएको छ । भिडियोमा अघिल्लो पुस्तामा चाडबाडको महत्त्व कस्तो थियो र आज कस्तो भएको छ भन्ने कुरालाई पनि उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ । समय, अवस्था र परिस्थिति जस्तोसुकै भएपनि हामीले वर्षैपिच्छे मनाउने चाडपर्वको मौलिक परम्परा जिवन्त रहिरहनुपर्छ । त्यसैले, यसलाई जोगाउन नयाँ पुस्तालाई विशेष अनुरोध समेत गरेको छ ।


समारोहमा बोल्दै यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले तिहार हाम्रो मौलिक पर्व रहेको र यसको सम्बर्धन तथा जगेर्ना गर्ने जिम्मेवारी पनि यसै पिढीमाथि रहेको हुँदा मौलिकतालाई कायम राख्दै हर्ष उल्लाससँग तिहार पर्व मनाउन सबैमा आग्रह गर्नुभयो । उहाँले कम्पनीलाई अग्रपंक्तिमा लम्काउनका निम्ति सदैव सुझाव दिनुहुने कम्पनीका अध्यक्ष तथा सञ्चालकज्यूहरू, शेयरधनी महानुभावहरू, कम्पनीका ग्राहक महानुभावहरू, कम्पनीको मेरुदण्डको रुपमा रहनुभएका अभिकर्ताहरु, कम्पनीले लिएको उद्देश्य र लक्ष्य प्राप्तिका निम्ति अहोरात्र खट्ने समस्त कर्मचारीहरु,, कम्पनीलाई मार्गनिर्देश गर्नुहुने सम्पूर्ण नियामक निकायहरू तथा कम्पनीको प्रगति र उन्नतिमा सदैव सहयोग गर्नुहुने समस्त सरोकारवालाहरू तथा उहाँहरूको परिवारमा नेपालीहरूको महान पर्व तिहार, शुभ दिपावली, नेपाल सम्वत एवं छठ पर्वको विशेष उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । 

नेपाल लाइफद्वारा मौलिक विषयवस्तुले भरिएको भिडियो सार्वजनिक

Recent News

22 March 2026
नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८३ सालको क्यालेन्डर स...

3 February 2026
नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट क्लब नेपालद्...

1 February 2026
नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड, २०२६ समारोह भव्यता...

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८२ साल माघ १३ –...